मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङतानको निवासस्थानमा आज आगलागी भएको छ।
गाउँपालिका-३ शिखरकटेरीस्थित अध्यक्ष स्याङतानको घरमा विद्युत सर्टका कारण आगलागी भएको हो। आगलागीबाट उनको घर पूर्णरूपमा क्षति भएको छ।
Advertisement
स्थानीयवासी र प्रहरीको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको भए पनि क्षतिको विस्तृत विवरण आउन बाँकी छ। विद्युत सर्टबाट घरायसी सामानसमेत जलेर नष्ट भएको अनुमान गरिएको छ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस









