हेटौँडा सिमेन्ट उद्योग सञ्चालक समितिका नवनियुक्त अध्यक्ष नरेन्द्र भण्डारीले बुधबार पदभार ग्रहण गरेका छन्।
पदभार ग्रहण गर्दै अध्यक्ष भण्डारीले कर्मचारी, मजदुर र सरोकारवालाको सहयोगमा उद्योगलाई सुचारु र सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
Advertisement
उद्योग नजिकै रहेर आफूले उद्योगको बारेमा धेरै जानकारी लिएको बताउँदै भण्डारीले उद्योगलाई समस्याग्रस्त बनाउने कारणहरूको पहिचान गरी सुधार गर्ने बताए।
“अल्पकालीन र दीर्घकालीन सोचका साथ अगाडि बढ्छु,” उनले भने, “कर्मचारी, मजदुर र सरोकारवाला पक्षको सहयोगमा उद्योगलाई सुचारु गराउनेछु र बजारमा प्रतिस्पर्धी बनाउनेछु।”
मकवानपुरमा रहेको हेटौँडा सिमेन्ट उद्योग पछिल्लो समय समस्याग्रस्त छ। नयाँ नेतृत्वले उद्योगलाई पुनर्जीवित गराउने अपेक्षा समेत गरिएको छ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस







