हेटौँडा – सिद्धार्थ माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्व चयनका लागि निर्वाचन सम्पन्न भएको छ। शुक्रबार भएको निर्वाचनमा विद्यालय क्याप्टेन, सह-क्याप्टेन, तथा छ वटा सदनका क्याप्टेन र सह-क्याप्टेनहरू चयन गरिएको छ।
निर्वाचन परिणाम अनुसार युवराज पण्डित ३६५ मत प्राप्त गरी विद्यालय क्याप्टेनमा निर्वाचित भएका छन् भने सुमान राय ३५८ मतसहित सह-क्याप्टेनमा विजयी भएका छन्।
सदनगत नतिजा यस प्रकार रहेको छ:
निलो सदन: कृष्ण यादव (क्याप्टेन), सुबोध साह (सह-क्याप्टेन)
हरियो सदन: उन्नती अर्याल (क्याप्टेन), सन्ध्या सापकोटा (सह-क्याप्टेन)
सुन्तला सदन: निखिल सिंह (क्याप्टेन), दिपा न्यौपाने (सह-क्याप्टेन)
पहेँलो सदन: निर्मला सिर्मल (क्याप्टेन), सफलता लामा (सह-क्याप्टेन)
प्याजी सदन: कन्हैया कुमार यादव (क्याप्टेन), स्रोत लामिछाने (सह-क्याप्टेन)
रातो सदन: उज्वल पटेल (क्याप्टेन), अनुज पौडेल (सह-क्याप्टेन)
कक्षा ६ देखि १० सम्मका ६७० विद्यार्थीले मतदान गरेको विद्यालयका सहायक प्रधानाध्यापक सागर प्रसाद खतिवडाले जानकारी दिए। प्रदेश निर्वाचन आयोग बागमती प्रदेशले मतपेटिका र अन्य आवश्यक सामग्री उपलब्ध गराएको थियो।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बलराम घिमिरेले यस निर्वाचनले विद्यार्थीहरूलाई लोकतान्त्रिक अभ्यासको अवसर प्रदान गरेको बताए। विजयी उम्मेदवारहरूलाई आइतबार प्रमाणपत्र वितरण र सपथ ग्रहण गराइने कार्यक्रम रहेको छ।








