मकवानपुरको दुर्गम कैलाश गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ का लागि नीति, कार्यक्रम र बजेट पारित गरेको छ। सोमबार भएको १४ औं गाउँसभा अधिवेशनमा यी प्रस्तावहरू बहुमतले पारित भएका हुन्।
गाउँपालिका अध्यक्ष लोक बहादुर मोक्तानले नयाँ नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। उपाध्यक्ष बालकुमार मल्ल ठकुरीले बजेट प्रस्तुत गर्दै आगामी वर्षका लागि कुल ४८ करोड ७८ लाख ६७ हजार रुपैयाँको बजेट विनियोजन गरिएको जानकारी दिए।
Advertisement
यी नीति तथा बजेटले कैलाश गाउँपालिकाको विकास र समृद्धिमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस







