मकवानपुरको उत्तरी क्षेत्रमा अवस्थित थाहा नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ का लागि ९१ करोड ४३ लाख २ सय रुपैयाँको बजेट पारित गरेको छ। नगर उपप्रमुख भरत गोपालीले प्रस्तुत गरेको यस बजेटमा चालु खर्चतर्फ ६२ प्रतिशत र पूँजीगततर्फ ३८ प्रतिशत रकम छुट्याइएको छ।
खर्च व्यहोर्ने स्रोततर्फ संघीइ सरकारबाट प्राप्त समानीकरण अनुदान १२ करोड २८ लाख, समपूरक अनुदान १ करोड, विशेष अनुदान १० करोड ६५ लाख, रोयल्टी १ करोड ८९ लाख रहेको छ ।
यसैगरी प्रदेशबाट समानीकरण अनुदान १ करोड २३ लाख, समपूरक ३ करोड, विशेष अनुदान ६५ लाख, सशर्त अनुदान ७ करोड राजस्व बाँडफाँडबाट ९ करोड तथा आन्तरिक आयबाट ५ करोड र मालापोत करबाट २ करोड प्राप्त हुने अनुमान गरिएको छ । थाहा नगरले शिक्षा क्षेत्रमा सवैभन्दा बढी बजेट विनियोजन गरेको छ ।
थाहाले शिक्षामा २६ करोड ३० लाख, स्वास्थ्यतर्फ ८ करोड ९५ लाख र कृषितर्फ ७ करोड ९ लाख रुपैयाँ बजेट विनियोजन गरेको उपमेयर गोपालीले बताए ।







