मकवानपुरको बकैयाँ गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ९१ करोड ९५ लाख ६२ हजार ५ सय रुपैयाँको बजेट प्रस्तुत गरेको छ। यो रकम चालु आर्थिक वर्षको तुलनामा १० करोड बढी हो।
सोमबार सम्पन्न १०औं गाउँसभामा उपाध्यक्ष भक्तबहादुर खत्रीले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरे। चालु आर्थिक वर्षमा पालिकाले ८१ करोड ७० लाख १४ हजार रुपैयाँको बजेट विनियोजन गरेको थियो।
Advertisement
आगामी वर्षको बजेटमा संघीय सरकारबाट सशर्त अनुदानतर्फ ३४ करोड ६४ लाख रुपैयाँ र बागमती प्रदेश सरकारबाट सशर्त अनुदानतर्फ ३ करोड ९ लाख रुपैयाँ समावेश छ।
यसैगरी, संघीय सरकारबाट समपुरक अनुदानबापत २ करोड ८५ लाख र प्रदेश सरकारबाट १ करोड ९७ लाख रुपैयाँ प्राप्त भएको छ।
गाउँसभा कार्यक्रम गाउँपालिका अध्यक्ष धर्मराज लामिछानेको सभाध्यक्षमा भएको थियो।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस