हेटौंडामा मंगलबार दिउँसो एक जना मृत अवस्थामा फेला परेका छन् ।
दिउँसो साढे १२ बजेको समयमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर २, पुरानो मकवानपुर रोडस्थित एक पुरुष मृत अवस्थामा फेला परेका हुन् ।
Advertisement
उक्त शव स्थानीय अन्दाजी ५४ वर्षीय रामेश्वर श्रेष्ठको रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार, मृतक श्रेष्ठ घरमा एक्लै बस्दै आएका थिए । उनी आफ्नै घरको शौचालयमा मृत अवस्था भेटिएका हुन् ।
मृतक श्रेष्ठको शव कानूनी प्रकृया पूरा गरी पोष्टमार्टमको लागि हेटौंडा अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस








