हेटौंडा/ हेटौडामा एक दिवसीय ब्युटिसियन तालिम भएको छ।
आज(सोमबार) हेटौंडामा एक दिवसीय विशेष मेकअप क्लास तथा उत्पाद ज्ञान कार्यक्रम सम्पन्न भएको छ। न्यु लुक (Lovewarmth makeup culture) द्वारा आयोजित यस कार्यक्रममा करिब १५० जनाको उल्लेखनीय सहभागिता रहेको थियो।
हेटौडाको प्रख्यात ब्युटिसियन संगीता श्रेष्ठको सभाध्यक्षतामा सञ्चालित कार्यक्रममा न्यु लुकका म्यानेजर सृजना थापा प्रमुख अतिथिको रूपमा उपस्थित थिइन् भने केदारमाया श्रेष्ठ विशिष्ट अतिथिको रूपमा सहभागी भएकी थिइन्।
सभाध्यक्ष संगीता श्रेष्ठ २० वर्षदेखि यस क्षेत्रमा सक्रिय रहेकी छिन्। उनले विभिन्न संघसंस्थाहरूमा ब्युटिसियन तालिम प्रशिक्षकको रूपमा काम गरेकी छिन् र सिजन्स ब्युटी पार्लर एण्ड ट्रेनिंग सेन्टरकी सफल संचालिका हुन्। उनले आफू सफल हुनुमा आफ्नो सासु आमा केदरमाया श्रेष्ठलाई लगायत आफन्तहरूलाई श्रेय दिएकी छिन्।
यस कार्यक्रमले सहभागीहरूलाई नवीनतम मेकअप प्रविधि र उत्पादहरूको बारेमा महत्वपूर्ण जानकारी प्रदान गरेको श्रेष्ठले दाबी गरेकी छिन्। उनले यस्ता कार्यक्रमले ब्युटी उद्योगमा थप प्रगति र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने आशा व्यक्त गरेकि छन्।
कार्यक्रममा विशिष्ट अतिथि नेपाल ब्युटिसियन संघकी केन्द्रीय उपाध्यक्ष तारा कार्की र समाजसेवी ब्युटिसियन नमुना पाण्डे लगायतले कार्यक्रमको प्रगति र आफ्नो विगतलाई सम्झेर र अहिले हेर्दा धेरै एडभान्स भएको र सौन्दर्यमा राम्रो भविष्य देखेको खुसी व्यक्त गरेका छन्। साथै आगामी आउने ब्युटिसियनहरूको लागि पनि सफल हुनलाई शुभकामना व्यक्त गरेका छन्।
कार्यक्रममा ब्युटिसियन करुणा अधिकारी,रमा ढुङ्गेल, रक्षा पौडेल,उर्मिला अधिकारी,जेसीआई सजिता केसी, दीप मल्ल श्रेष्ठ, आयुषा लामा, पूजा बस्नेत लामा र अन्तिम श्रेष्ठ लगायत अतिथिहरूको उपस्थिति रहेको थियो
एकदिवसीय यो कार्यक्रम भने होटल स्मारकमा सम्पन्न भएको थियो।








