हेटौंडा-२ मा रहेको तमु फार्मेसी तथा सुविधा पोलिक्लिनिक अब निको अस्पताल प्रा.लि. को रूपमा विस्तारित सेवासहित सञ्चालनमा आएको छ। दुई दशकदेखि स्थानीयलाई सेवा दिँदै आएको यो स्वास्थ्य संस्था अब १५ शैय्याको अस्पतालमा परिणत भएको हो।
अस्पतालका सञ्चालक सुधिर दाहालका अनुसार, निको अस्पतालले २४ सै घण्टा आकस्मिक सेवा प्रदान गर्नुका साथै विशेषज्ञ चिकित्सकहरूद्वारा बिरामीको जाँच र उपचार गरिरहेको छ। उनले चाँडै नै जनरल एनेस्थेसिया सहितको ठूला शल्यक्रियाहरू पनि गर्ने योजना रहेको जानकारी दिए।
हाल अस्पतालमा उपलब्ध सेवाहरूमा जनरल फिजिसियन सेवा,साना शल्यक्रियाहरू,मानसिक तथा स्नायु रोग उपचार छाती, पेट र मुटु रोगको विशेषज्ञ सेवा,ओ.पि.डी. सेवा भिडियो एक्स-रे र एक्स-रे,प्रयोगशाला सेवा,इसिजी, इको र इण्डोस्कोपी, दन्त स्त्री तथा बालरोग तथा फार्मेसी सेवा रहेको छ।

यो विस्तारित सेवाले हेटौंडा र आसपासका क्षेत्रका बासिन्दाहरूलाई उच्चस्तरीय स्वास्थ्य सेवा स्थानीय स्तरमै उपलब्ध गराउने अपेक्षा गरिएको दाहाल बताउँछन्।








