मकवानपुरको हेटौंडामा खेतको आलीबाट लडेर एकजनाको मृत्यु भएको छ ।
(आज) शुक्रबार हेटौंडा–१८ हर्नाफाट बस्ने ७१ वर्षीय प्रेम बहादुर तुमसिनको मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ ।
Advertisement
प्रहरीका अनुसार विहान अन्दाजी ११ बजेको समयमा आफ्नो घर देखि ५ सय मिटर टाँढा रहेको छिमेकीको खेतको आलीबाट लडि हिलोमा घोप्टिएर उनको मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय पशुपति नगर मकवानपुरबाट प्रहरी निरीक्षक दिनेश बहादुर कुँवरको कमाण्डमा सोकोसहितको प्रहरी टोलि खटिएको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस








