बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ सरकार गठनका लागि आह्वान गरेका छन्। उनले नेपालको संविधानको धारा १६८ (२) अनुसार मिलिजुली सरकार गठन गर्न साउन ८ गते बेलुका ५ बजेसम्मको समय दिएका छन्।
यो आह्वान आइतबार मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश प्रमुख शर्मालाई राजीनामा बुझाएपछि गरिएको हो।
Advertisement
प्रदेश प्रमुख शर्माले दिएको समयसीमाभित्र राजनीतिक दलहरूले नयाँ सरकार गठनका लागि आवश्यक प्रक्रिया अगाडि बढाउने अपेक्षा गरिएको छ। यसले बागमती प्रदेशमा नयाँ राजनीतिक समीकरण र नेतृत्व परिवर्तनको बाटो खोलेको छ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस








