मकवानपुर प्रहरीले हेटौंडामा सञ्चालित व्यवसायिक तथा सीप विकास तालिम केन्द्र (सीटीईभीटी) को परीक्षामा पाँचजना नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ।
भुटनदेवी माविमा चलिरहेको डिप्लोमा तथा प्रि-डिप्लोमा तहको नि:शुल्क (छात्रवृत्ति) परीक्षामा अरूको नाममा परीक्षा दिइरहेका व्यक्तिहरूलाई परीक्षास्थलबाटै पक्राउ गरिएको हो।
Advertisement
पक्राउ पर्नेहरूमा बाराका नरेन्द्र महतो, चितवनका रुपेश यादव, सर्लाहीका राजिवकुमार राउत, रौतहटका लालबाबु सहनी र धनुषाका रमेश यादव रहेका छन्।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार पक्राउ परेका व्यक्तिहरूलाई थप अनुसन्धानका लागि हिरासतमा राखिएको छ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस








