हेटौंडा – अविरल वर्षाका कारण हेटौंडा र काठमाडौं जोड्ने दुई छोटो दूरीका सडक अवरुद्ध भएका छन्।
कान्तिलोकपथ सडकमा मकवानपुरको विभिन्न स्थानमा पहिरो खसेको छ। भीमफेदी गाउँपालिका वडा नम्बर ८ कालोपहिरो, बकैया गाउँपालिका वडा नम्बर १२ मानेघुम्ती, ठिंगनबजार, चौताराभिर, बकैया-११ आहालेगाउँ र खोरभन्ज्याङमा सडक अवरुद्ध छ।
Advertisement
त्यसैगरी, हेटौंडा-भीमफेदी-कुलेखानी सडकखण्डको भीमफेदी गाउँपालिका वडा नम्बर ४ रातोमाटेस्थित भैंसे-भिमफेदी-काठमाडौं सडकखण्डमा पनि पहिरोले बाटो पूर्णरूपमा अवरुद्ध गरेको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार, सडक खुलाउन सडक विभागसँग समन्वय भइरहेको छ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस








