हेटौंडा – अविरल वर्षाका कारण हेटौंडा र काठमाडौं जोड्ने दुई छोटो दूरीका सडक अवरुद्ध भएका छन्।
कान्तिलोकपथ सडकमा मकवानपुरको विभिन्न स्थानमा पहिरो खसेको छ। भीमफेदी गाउँपालिका वडा नम्बर ८ कालोपहिरो, बकैया गाउँपालिका वडा नम्बर १२ मानेघुम्ती, ठिंगनबजार, चौताराभिर, बकैया-११ आहालेगाउँ र खोरभन्ज्याङमा सडक अवरुद्ध छ।
Advertisement
त्यसैगरी, हेटौंडा-भीमफेदी-कुलेखानी सडकखण्डको भीमफेदी गाउँपालिका वडा नम्बर ४ रातोमाटेस्थित भैंसे-भिमफेदी-काठमाडौं सडकखण्डमा पनि पहिरोले बाटो पूर्णरूपमा अवरुद्ध गरेको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार, सडक खुलाउन सडक विभागसँग समन्वय भइरहेको छ।
प्रहरीले यात्रुहरूलाई सतर्कता अपनाउन र आवश्यक नपरेसम्म यात्रा नगर्न अनुरोध गरेको छ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस