नुवाकोट – नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर ७ सूर्यचौरमा बुधबार दिउँसो हेलिकप्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ।
एयर डाइनेष्टीको नाइन एन-एजेडी कलसाइन भएको हेलिकप्टर काठमाडौंबाट रसुवातर्फ उड्दै गर्दा दुर्घटनामा परेको हो। हेलिकप्टर काठमाडौंबाट दिउँसो १ बजेर ५४ मिनेटमा उडेको थियो र उडानको तीन मिनेटपछि सम्पर्कविहीन भएको थियो।
Advertisement
जिल्ला प्रहरी कार्यालय नुवाकोटका डिएसपी तिलक भारतीले घटनास्थलमा पाँच जनाको शव फेला परेको पुष्टि गरे। “चार जना यात्रु र एक जना पाइलटको शव घटनास्थलमा फेला परेको छ,” उनले बताए।
डिएसपी भारतीका अनुसार मृतकहरूमा दुई पुरुष, एक महिला, एक पाइलट र एक अज्ञात व्यक्ति रहेका छन्। एक जनाको शव जलेको कारण पहिचान हुन नसकेको उनले जानकारी दिए।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस








