मकवानपुुर जिल्लामा जङ्गली च्याउ सम्बन्धी सचेतनामूलक कार्यक्रम गरिएको छ।
कार्यक्रम वनस्पति अनुसन्धान केन्द्र मकवानपुर र जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरको संयुक्त आयोजनामा बिहिबार (आज) गरिएको थियो।
मकवानपुर जिल्ला स्वास्थ्य कार्यालय र वनस्पति अनुसन्धान केन्द्र मकवानपुरको संयुक्त आयोजनामा यो कार्यक्रम गरिएको थियो। कार्यक्रममा गण्डकी प्रदेश विज्ञान तथा प्रविधि प्रतिष्ठानका वैज्ञानिक डा. शिव देवकोटाले विषालु च्याउको पहिचान, लक्षण र नेपालमा पाइने च्याउ प्रजातिहरूको बारेमा जानकारी दिए।
उनका अनुसार, नेपालमा १,२९२ प्रजातिका च्याउ पाइएका छन् र तिनमध्ये १०० प्रजातिका च्याउ विषालु छन्। जङ्गलमा पाइने अमानिटा प्रजातिका च्याउमा सबभन्दा बढी विषालु तत्व हुने गर्छ। विषालु च्याउहरूको छाता, डण्डी, झुसको मात्रा, रङ र बनावट आदि विशेषताहरूबाट पहिचान गर्न सकिने बताइयो।
यही कार्यक्रममा च्याउ विज्ञ सहितको टोलीले मकवानपुरका केही पालिकाहरूमा गएर स्थानीय बासिन्दालाई विषालु च्याउको बारेमा जानकारी प्रदान गरेको थियो। मकवानपुर बाहेक चितवन, पाल्पा, गुल्मी, अर्घाखाँची, सल्यान, दाङ र इलाम जिल्लाहरूमा पनि अत्याधिक विषालु च्याउ पाइने बताइएको छ।