बागमती प्रदेश सरकारले सञ्चालन गरेको लम्पि स्किन रोग विरुद्धको सप्ताहव्यापी खोप अभियान सफलतापूर्वक सम्पन्न भएको छ। श्रावण २५ देखि ३१ गतेसम्म प्रदेशका १३ वटै जिल्लामा चलेको यस अभियानमा ७१,९८७ गाईभैंसीले खोप लगाइएको छ।
जिल्लागत रूपमा सिन्धुपाल्चोकमा सबैभन्दा कम १ हजार ३ सय २ र चितवनमा सबैभन्दा बढी १० हजार २ सय ७९ पशुमा खोप लगाइयो ।
Advertisement
पशुपन्छी विकास महाशाखाका डा. सन्तोष अधिकारीका अनुसार, मन्त्रालयले यस वर्ष ७६,२७५ पशुलाई खोप लगाउने लक्ष्य राखेको थियो।
गत आर्थिक वर्षमा ४८,३६४ पशुले खोप लगाइएको थिए, जसमध्ये मकवानपुरमा मात्रै ३१,६०६ पशु थिए। यो रोगका कारण गत वर्ष ११,२१८ पशुको मृत्यु भएको छ।
नेपालमा २०७७ साल असारमा पहिलोपटक देखिएको यो रोग अहिले ७७ वटै जिल्लामा फैलिएको छ। यसले गर्दा देशले अनुमानित ७५ अर्ब ४८ करोड रुपैयाँको आर्थिक क्षति बेहोरेको हो ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस








