हेटौंडा–९, धापमा मोटरसाइकलको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।
Advertisement
मृत्यु हुनेमा स्थानीय रामचन्द्र अर्यालका ५ वर्षका छोरा शिभांस रहेका छन् । हेटौंडा ९ धापस्थित भित्री सडक खण्डमा मयुरधापबाट हेटौंडा बजारतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००५ प २४३ नम्बरको मोटरसाइकलले बाटो छेउमा हिँडिरहेका शिभांसलाई ठक्कर दिएको थियो ।
उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख (प्रहरी उपरीक्षक) सीताराम रिजालले जानकारी दिए । प्रहरीले बालकलाई ठक्कर दिने मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिएको छ । ठक्कर दिने व्यक्ति हेटौंडा १४ का १७ वर्षीय युवा रहेको बताइएको छ ।
उनीमाथि आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरी उपरीक्षक रिजालले बताए ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस








