हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर १० लाई बालमैत्री वडा घोषणा गर्न लागिएको छ।
वडाअध्यक्ष फुर्वा दोर्जे लामाले (आज)सोमबार पत्रकार सम्मेलनमा जानकारी दिएका छन्। उनका अनुसार यो वडा बालश्रम मुक्त, बाल विवाह मुक्त र बालमैत्री स्थानीय शासनयुक्त हुनेछ।
Advertisement
बालमैत्री घोषणाका लागि आवश्यक ५१ सूचकमध्ये ४९ वटामा शतप्रतिशत, एउटामा ९५ प्रतिशत र अर्को एउटामा ८१ प्रतिशत नतिजा हासिल भएको छ।
वडाको तथ्यांक अनुसार यहाँ १८ वर्षमुनिका १,८९५ बालबालिका छन्। जसमध्ये ५२.६ प्रतिशत बालक र ४७.४ प्रतिशत बालिका छन्।
वडामा ४ वटा विद्यालय, १० वटा बाल समूह र एउटा बाल सञ्जाल छन्। यी समूहमा २५० बालबालिका आबद्ध छन्।
यसअघि नै यो वडालाई पूर्ण खोप वडा, पूर्ण साक्षर वडा र खुला दिसामुक्त वडा घोषणा गरिसकिएको छ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस








