हेटौडामा मंगलबार सामूहिक रुपमा गाईजात्रा मनाईएको छ । नेवा सांस्कृतिक पुचः हेटौंडाद्वारा आयोजित समूहिक रुपमा गाईजात्रा निकालिएको थियो ।
लाखे नाचसहित हेटौंडाको मुख्यबजार कृष्ण मन्दिरबाट गाईजात्रा निकालिएको थियो । बिहानभर झरी परेकाले तोकिएको समयभन्दा ढिला गाईजात्रा निकालिएको थियो । वर्षभरीमा दिवंगत भएकाहरुको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिंगारी नगर परिक्रममा गर्ने गरिन्छ ।

सामूहिक गाईजात्रामा हेटौंडाका ३६ र अन्य स्थानका ६ गरी ४२ वटा परिवारले सामूहिक रुपमा गाईजात्रा निकालेका थिए । हरेक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ मनाउने गरिन्छ ।
यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि दिंवगत भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ । गाईजात्रा पर्वका अवसरमा वाग्मती प्रदेश सरकारले पहिलो पटक सार्वजनिक बिदा दिइएको छ ।

गत शुक्रबार बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले गाईजात्रा पर्वको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।
3.5 Sonnet








