हेटौंडा । राप्ती नदीको बगरमा एक अज्ञात पुरुषको शव फेला परेको छ। मंगलबार साँझ हेटौंडा उपमहानगरपालिका-११ थानाभर्याङस्थित सुकुम्बासी टोल नजिकै उक्त शव भेटिएको हो।
बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार मृतक ३० देखि ३५ वर्ष उमेरका पुरुष हुन सक्ने अनुमान गरिएको छ। प्रदेश प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक रवी कुमार पौडेलले शव बाढीले बगाएर ल्याएको हुन सक्ने बताए।
Advertisement
“शवको पहिचान खुल्न सकेको छैन,” उपरीक्षक पौडेलले भने, “पोष्टमार्टमका लागि हेटौंडा अस्पतालमा राखिएको छ।”
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। मृतकको पहिचान र मृत्युको कारण पत्ता लगाउन प्रयास भइरहेको छ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस








