हेटौंडा । हेटौंडाको मास्टर चोक स्थित पुर्व पश्चिम सडक खण्डमा सवारी दुर्घटना हुँदा ३ जना घाइते भएका छन्। शुक्रबार बिहान पथलैयाबाट हेटौडा तर्फ जाँदै गरेको NL01L 2971 नं.को भारतीय एल.पि. ग्याँस बुलेटले बिपरीत दिसाबाट आउँदै गरेको ग.३ च ८४४९ नं.को कारलाई ठक्कर दिँदा कारमा सवार ३ जना घाइते भएका हुन्।
घाइते हुनेमा कार चालक पुरण श्रेष्ठ, कारमा सवार कास्की
, पोखराका चुडा बहादुर बिष्ट र लम्जुङ बेसीसहरकी नेहा राना मगर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ। प्रहरीका अनुसार घाइतेहरुलाई उपचारको लागि हेटौंडाको सन्चो हस्पिटल पठाईएको थियो ।
Advertisement
दुबै सवारी साधन प्रहरी नियन्त्रणमा रहेको र एल.पि. ग्याँस बुलेटको चालक फरार रहेकोले खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार दुर्घटना स्थलमा बाटो अबरोध छैन।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस








