मकवानपुर जिल्लामा स्क्रब टाइफस रोगका बिरामीहरूको संख्या बढ्दै गएको छ। यो रोग माइट नामक सूक्ष्म किराको टोकाइबाट सर्ने गर्दछ।
जनस्वास्थ्य कार्यालय मकवानपुरका अनुसार चालु आर्थिक वर्षको साउन १ देखि भदौ ६ सम्म ४८ जना स्क्रब टाइफसका बिरामी फेला परेका छन्। यसमध्ये २८ जना महिला र २० जना पुरुष रहेका छन्।
कार्यालयका सूचना अधिकारी लक्ष्मण घिमिरेले महिलाहरू बढी जोखिममा रहेको बताए। उनका अनुसार पशुचौपायाको प्रत्यक्ष सम्पर्क र ओसिलो ठाउँमा घाँस तथा सेउला सोत्तर गर्ने कारणले महिलाहरू बढी प्रभावित भएका हुन्।
स्क्रब टाइफस ओरेन्सिया सुसुगामुसी नामक जीवाणुबाट हुने सरुवा रोग हो। यो रोग सार्ने माइट प्रायः झाडी, खेतबारी, वनजंगल र घर वरिपरिको झाडी वा घुरान हुने ठाउँमा पाइन्छ।
स्वास्थ्य अधिकारीहरूले सरसफाइमा विशेष ध्यान दिन आग्रह गरेका छन्। विगत वर्षहरूमा पनि यो रोग देखिए पनि तथ्यांक सार्वजनिक गरिएको थिएन।