हेटौडा-२ मा दि रिभाइबल युथ क्लबले कृष्णाष्टमीको अवसरमा एक भव्य कार्यक्रमको आयोजना गरेको छ।
सोमबार (आज)जिल्ला समन्वय समितिका अध्यक्ष ललित घलानको प्रमुख आतिथ्यमा सम्पन्न भएको यस कार्यक्रममा स्थानीय जनप्रतिनिधि तथा समाजका विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
Advertisement

कार्यक्रममा वडा २ का अध्यक्ष विष्णुगोपाल महर्जन र वडा नं. १५ का अध्यक्ष सुनिल मोक्तान विशिष्ट अतिथिका रूपमा सहभागी भएका थिए। दि रिभाइभल क्लबका अध्यक्ष चन्द्र शाहिको अध्यक्षता गरेका थिए भने नारायण राज थलाले कार्यक्रम सञ्चालन गरेका थिए।

महोत्सवमा कृष्णको जन्मकथा झल्किने विशेष प्रस्तुति र दर्जनौं भक्तिगीतहरू प्रस्तुत गरिनुको साथै नाटक हिपहप र नृत्यहरू गरेको थियो। यस वार्षिक कार्यक्रममा करिब १५०० देखि २००० दर्शकहरूको उपस्थिति रहेको आयोजकले जनाएका छन्।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस








