हेटौंडा – मकवानपुरका लायन्स र लियो क्लबहरुको पदस्थापना कार्यक्रम यस वर्ष एकै समारोहमा हुने भएको छ। शनिबार बागमती प्रदेशका प्रमुख दीपक प्रसाद देवकोटाको प्रमुख आतिथ्यतामा यो कार्यक्रम आयोजना हुनेछ।
लायन्स क्लब अफ इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ अन्तर्गतका ३५ वटा लायन्स र लियो क्लबहरुको वर्ष २०२४/२५ का लागि नवनिर्वाचित अध्यक्षहरुको पदस्थापना एकै मञ्चमा हुने जानकारी दिइएको छ।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा यस बारे जानकारी दिइएको थियो। विगतका वर्षहरुमा पनि मकवानपुरमा यस्तो संयुक्त पदस्थापना कार्यक्रम हुँदै आएको छ।
लायन्स क्लबले चालु आर्थिक वर्षमा दिव्य ज्योति आधारभूत विद्यालयका लागि ३७ लाख रुपैयाँको परियोजना र हेटौंडा आँखा अस्पतालमा १ लाख डलर बराबरको भान्सा घर निर्माणको योजना बनाएको जानकारी दिइएको छ।
कार्यक्रममा पदस्थापन समारोहका सहसंयोजक विजय कार्की, डिस्ट्रिक्ट गभर्नर टासी डोल्मा तुम्बाहाम्फे, एसिया २ का एरिया चिफ लायन किसन घिसिङ लगायतको उपस्थिति रहेको थियो।








