नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। घटेको मूल्य शनिबार मध्यरातिदेखि लागू हुनेछ।
निगमले पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँले घटाएको छ भने डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर एक रुपैयाँ घटाएको छ।
Advertisement
खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् राखिएको निगमले जनाएको छ।
त्यसैगरी, आन्तरिक हवाई इन्धनमा प्रतिलिटर पाँच रुपैयाँ र अन्तर्राष्ट्रिय हवाई इन्धनमा प्रतिकिलोलिटर अमेरिकी डलर ३५ ले घटाइएको हो।
त्यस्तै, समायोजन मूल्यअनुसार पेट्रोल पहिलो वर्गमा प्रतिलिटर १६० रुपैयाँ ५० पैसा, दोस्रोमा १६२ र तेस्रो वर्गमा १६३ रुपैयाँमा कारोबार हुनेछ। त्यस्तै, डिजेल र मट्टीतेल पहिलो वर्गमा १५१ रुपैयाँ ५० पैसा, दोस्रो वर्गको १५३ र तेस्रो वर्गमा १५४ रुपैयाँमा कारोबार हुनेछ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस