कृषि तथा पशुपंक्षी विकास मन्त्री प्रकाश श्रेष्ठले हरितालिका तीजको अवसरमा सबै नेपाली महिलाहरूलाई शुभकामना दिनुभएको छ। उहाँले यस पर्वलाई नेपाली महिलाहरूको महत्वपूर्ण चाडको रूपमा वर्णन गर्नुभएको छ।
मन्त्री श्रेष्ठले बिहिबार (आज)आफ्नो सन्देशमा भने, “हरितालिका तीज शौभाग्य, सद्भाव, एकता र मेलमिलापको प्रतीक हो। यो केवल एक पर्व मात्र नभई हाम्रो सभ्यता, परम्परा र पहिचानको अभिन्न अंग हो।”
Advertisement
उहाँले तीजलाई महिलाहरूका लागि वर्षभरिको दुःख बिर्साउने अवसरको रूपमा पनि चित्रण गर्नुभयो। साथै, यस वर्षको उत्सव धुमधामका साथ तर मितव्ययी तरिकाले मनाउन आग्रह गर्नुभएको छ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस







