नेकपा एमाले निकट राष्ट्रिय युवा संघ मकवानपुरको नयाँ अध्यक्षमा राजेश नगरकोटी चयन भएका छन्। हेटौंडामा सम्पन्न संघको दशौँ अधिवेशनले नगरकोटीलाई सर्वसम्मत रूपमा अध्यक्षमा चयन गरेको हो।

Advertisement
नगरकोटीको नेतृत्वमा ५१ सदस्यीय नयाँ जिल्ला कार्यसमिति गठन भएको छ। समितिको अन्य पदाधिकारीको उपाध्यक्षमा पृतम राना, सचीवमा सबिन लामा, उपसचिवमा आशिष थापा, सुदिप थापा र कोषाध्यक्षमा विश्वराज विकल चयन भएका छन्।
नवनिर्वाचित कार्यसमितिको कार्यकाल २ वर्षको रहनेछ। यो नयाँ नेतृत्वले आगामी दुई वर्षसम्म संगठनको नेतृत्व गर्नेछ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस








