मकवानपुर कस्मेटिक व्यवसायी संघको अध्यक्षमा राजदेव बनियाँ पुनः निर्वाचित हुनुभएको छ। शनिबार हेटौँडामा सम्पन्न दोस्रो वार्षिक साधारणसभा तथा प्रथम अधिवेशनले बनियाँलाई सर्वसम्मत रूपमा दोस्रो कार्यकालका लागि अध्यक्षमा चयन गरेको हो।
नवनिर्वाचित कार्यसमितिमा अन्य पदाधिकारीहरूमा वरिष्ठ उपाध्यक्ष पंकज दास बनियाँ,उपाध्यक्ष इन्द्रबहादुर ढकाल,महासचिव प्रकाश घिमिरे,सचिव सैयाद्दिन मिया,कोषाध्यक्ष: मोहन त्यसैगरी दस्यहरूमा रामबहादुर घलान, प्रमिला राई (लिम्बु), केदारप्रसाद अधिकारी, गेपाल भट्ट र प्रदीप रौनियार रहनुभएको छ। यो ११ सदस्यीय कार्यसमितिको कार्यकाल २ वर्षको हुनेछ।
कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णकुमार गुप्ता अग्रवाल प्रमुख अतिथि रहनुभएको थियो। पुनः निर्वाचित अध्यक्ष बनियाँले व्यवसायीहरू संगठित भएर अगाडि बढ्नुपर्ने र कर कार्यालयसँग समन्वय गरी कर परामर्शको विषयमा छलफल गर्ने योजना रहेको बताउनुभयो।