नमुना प्रगति बचत तथा ऋण सहकारी संस्थाको २४ औं वार्षिक साधारणसभामा बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणी पौडेलले सहकारीहरूलाई उत्पादनशील क्षेत्रमा लगानी केन्द्रित गर्न आग्रह गरेका छन्।
पौडेलले भन्नुभयो, “सहकारीले अनुत्पादक क्षेत्रमा ऋण दिनुभन्दा रोजगारी सिर्जना र उत्पादन वृद्धिमा जोड दिनुपर्छ।” उनले सहकारी नेतृत्वको कुशल व्यवस्थापनले मात्र सहकारीको मूल भावना र उद्देश्य पूरा हुने बताउनुभएको छ।
पूर्व मुख्यमन्त्रीले साना सहकारीहरू एकीकृत गरी ठूला सहकारी बनाउन र सेवा विस्तार गर्न सुझाव दिनुभएको छ।
संस्थाका अध्यक्ष मिठाराम दाहालको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाको वर्तमान स्थिति र भावी योजनाहरू प्रस्तुत गरिएको थियो। हाल संस्थामा २,५२९ शेयर सदस्य छन् र शेयर पुँजी २ करोड ८५ लाख ६३ हजार रुपैयाँ पुगेको छ।
आगामी वर्षका लागि प्रस्तावित मुख्य कार्यक्रमहरू शेयर सदस्य संख्या २,९९२ पुर्याउने बाल बचतकर्ता २२५ पुग्ने,६०० सदस्यलाई सहकारी शिक्षा र १०० जनालाई व्यावसायिक तालिम,४०० सदस्यलाई डिजिटल बैंकिङ तालिम र शेयर पुँजी ३ करोड २८ लाख ८० हजार रुपैयाँ पुर्याउने लक्ष्य सहकारीले राखेको छ।
कार्यक्रममा कोषाध्यक्ष केशव प्रसाद देवकोटाले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। भने प्रस्तावित कार्यक्रमहरू बन्द सत्रले पारित गरेको छ।
साधारणसभामा विभिन्न क्षेत्रका उत्कृष्ट सदस्यहरूलाई सम्मान तथा पुरस्कार वितरण गरिएको थियो।