हेटौडा औद्योगिक क्षेत्रभित्र थ्री स्टार ग्रुप कम्पनीले जस्ता बनाउने उद्योगको आज शुक्रबार उद्घाटन गरेको छ।।
उद्योगको कृषि तथा पशुपंछी विकास मन्त्रालयका मन्त्री प्रकाश श्रेष्ठले उद्घाटन गर्नुभएको हो।
मन्त्री श्रेष्ठले प्रदेश सरकारले ल्याएको खरको छाना विस्थापित गर्ने उद्देश्यलाई पनि अहिले यो ल्याएको आधुनिक जस्तापाताले केही राहत पुर्याउने र यसमा आफूले सहयोग गर्ने पनि बताउनुभएको छ।
यो जस्ता पातामा पनि दुई किसिमका ब्रान्डहरू रहेका छन् एउटा किसान ब्राण्ड अर्को टप ब्रान्ड, जुनसुकै किसिमको क्रेताहरूको लागि भनेर लिएको उक्त कम्पनीको प्रबन्धक निर्देशक विश्वास खतिवडा जानकारी दिनुभयो ।७२ सालमै खोलिएको उक्त कम्पनी कोरोनाका कारण बन्द भएपनि हाल अहिले पूर्णरुपमा सञ्चालन गर्न लागिएको खतिवडा बताउनुभएको छ।
यस कम्पनीले उद्योगले हाल ८०० देखि १००० टनसम्मको लक्ष्य सुरुवाती राखेको छ। टनको क्षमता भने वार्षिक ५००० टन रहेको यस कम्पनीका अध्यक्ष लभ थापाले बताउनुभयो। यस कम्पनीमा चिनिया लगानीकर्ताहरूको पनि आकर्षित भएको थापाले जानकारी दिनुभयो।
हाललाई हामीले यो औद्योगिक क्षेत्र भित्र ४० वर्षलाई लिजमा लिएर सञ्चालन गर्दै आएका छौं। अहिले हाम्रो मार्केटिङको क्षेत्र भने दाङ भैरवा नारायणघाट मकवानपुर काठमाडौँ, काभ्रे मा डिलर सञ्चालन गरिँदैछ। हाल १० करोडको लगानीमा उक्त उद्योगको सञ्चालन भइरहेको छ।