हेटौंडा २ मा रहेको पञ्चरत्न बचत तथा ऋण सहकारी संस्थाको शनिबार ८ औँ वार्षिक साधारण सभा भएको छ । संस्थाका अध्यक्ष भोजमान श्रेष्ठको सभाध्यक्षता तथा हेटौंडा २ का वडाध्यक्ष विष्णुगोपाल महर्जनको प्रमुख आतिथ्यतामा सभा भएको थियो ।
सहकारीले आव २०८०/८१ मा ९ करोड ८० लाख ६६ हजार ७५२ रुपैयाँको कुल कारोबार गरेको छ । सभामा प्रस्तुत प्रतिवेदन अनुरुप शेयरपुजीँ एक करोड ६० लाख ५४ हजार ६ सय, जगेडा कोष ९८ लाख ६ हजार ४८६ रुपैयाँ रहेको छ । सहकारीले सदस्यलाई पाँच करोड ३२ लाख १८ हजार ५८२ रुपैयाँ कर्जा लगानी गरिएको संस्थाका व्यवस्थापक विश्वराज अर्यालले बताए ।
उनले सहकारीमा ५ करोड ५५ लाख ४० हजार ४५५ रुपैयाँ बचत निक्षेप रहेको बताए । उद्योग,पर्यटन तथा सहकारी शाखा प्रमुख हिमप्रसाद पौडेल, जिल्ला बचत तथा ऋण सहकारी संघका संचालक सदस्य हिमाल पौडेल, नेफ्स्कुन फिल्ड उपसमिति सदस्य राजेन्द्रप्रसाद पौडेल, युसेस साकोसका उपाध्यक्ष ह्याग्रीव आचार्य, टिपिकल साकोसका अध्यक्ष अजय अग्रवाल, राष्ट्रिय सहकारी बैंकका समीर श्रेष्ठ, लेखा समिति संयोजक चन्द्रावति पनेरु, ओम आरोग्य सहकारीका विके महर्जन, अधिवक्ता अज्मीर केसी लगायतको आतिथ्यता रहेको थियो।








