नेपाल – विश्व रेबिज दिवस २०२४ को अवसरमा बिहीबार बागमती प्रदेशम जनचेतना अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ। पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय, बागमती प्रदेशको आयोजनामा यो कार्यक्रम आयोजित गरिएको थियो।
निर्देशनालयका निर्देशक डा. गौरीमान श्रेष्ठका अनुसार, “अवरोध हटाऔं रेबिज उन्मूलन गरौं” भन्ने मूल नाराका साथ यो कार्यक्रम निर्देशनालयको पहिलो त्रैमासिक कार्यक्रम अनुरूप आयोजना गरिएको थियो। कार्यक्रममा प्रदेशका विभिन्न जिल्लाका पशु स्वास्थ्यकर्मी तथा मानव स्वास्थ्यकर्मीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा रेबिज रोगका लक्षण, सर्ने तरिका र यसबाट बच्नका लागि अपनाउनुपर्ने सावधानीहरू लगायतका विषयमा तीनवटा कार्यपत्र प्रस्तुत गरिएको थियो।
कार्यक्रममा रेबिज रोगका लक्षण, सर्ने तरिका र यसबाट बच्नका लागि अपनाउनुपर्ने सावधानीहरू लगायतका विषयमा तीनवटा कार्यपत्र प्रस्तुत गरिएको थियो। यी कार्यपत्रहरूले सहभागीहरूलाई रेबिज रोगको बारेमा महत्त्वपूर्ण जानकारी प्रदान गरे।
प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव बिनोद कुमार भट्टराईको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा मन्त्रालयका वरिष्ठ कृषि प्रसार अधिकृत भरत प्रसाद बिडारी, योजना तथा अनुगमन महाशाखा प्रमुख सुजन कडेँल, स्वास्थ्य निर्देशनालय बागमती प्रदेशकी प्रमुख सञ्जु राय, र पशु सेवा कार्यालय मकवानपुरका प्रमुख डा. ब्रजकिशोर ठाकुरको अतिथ्य रहेको थियो ।
कार्यक्रमले रेबिज रोगको बारेमा जनचेतना बढाउने र यसको उन्मूलनमा योगदान पुर्याउने लक्ष्य राखेको छ। यस्ता कार्यक्रमहरूले समुदायमा रेबिज रोगको बारेमा ज्ञान बढाउन र रोकथामका उपायहरू बारे जानकारी प्रदान गर्न महत्त्वपूर्ण भूमिका खेल्छन्।