हेटौंडा – अविरल वर्षाका कारण आएको पहिरोले हेटौंडा-ठिंगन काठमाडौं जोड्ने कान्तिलोकपथ सडक पूर्णरूपमा अवरुद्ध भएको छ। मकवानपुरको बकैया गाउँपालिका वडा ११ स्थित आँपचौर र लाम्राङमा पहिरो खस्दा शुक्रबार दिउँसो करिब २:३० बजेदेखि सडक अवरुद्ध रहेको स्थानीय प्रहरीले जानकारी दिएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार पहिरो पन्छाउने कार्यका लागि सम्बन्धित निकायहरूसँग समन्वय भइरहेको छ। तर, पहिरोको मात्रा र प्रकृति हेर्दा आजै बाटो खुलाउने सम्भावना न्यून रहेको प्रहरीले जनाएको छ।
Advertisement
सडक विभाग तथा फास्ट ट्र्याक आयोजनासँग समन्वय गरी पहिरो पन्छाउने कार्य भइरहेको प्रहरीले बताएको छ। यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न वा यात्रा स्थगित गर्न सुझाव दिइएको छ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस








