जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले हाल कोशी, बाग्मती, नारायणी, तिनाउ र यसका सहायक नदीहरू गरी १० नदीहरूमा जलसतह खतरा तह भन्दा माथि रहेको जनाएको छ ।
यस्तै २७ नदीहरूको जलसतहले खतरा तह पार गरेको महाशाखाले शनिबार बिहान जनाएको छ ।
Advertisement
बाग्मती नदी र काठमाडौँ उपत्यका भई बहने यसका सहायक नदीहरूमा हालको जलसतह खतरा तह भन्दा धेरै माथि रहेको छ । ती नदीहरूमा जलसतह थप बढ्ने पूर्वानुमान रहेकोले उपत्यका, मकवानपुर, सर्लाही र रौतहटको नदी तटीय क्षेत्रमा बाढीको उच्च जोखिम रहेको महाशाखाले जनाएको छ ।
साथै नारायणी नदी देवघाटको जलसतह हाल खतरा तह माथि रहेको र अझै बढ्ने देखिएकाले चितवन र नवलपरासी पूर्वको नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस







