मकवानपुर – बागमती नदीको किनारमा तीन जनाको शव फेला परेको छ। बकैया गाउँपालिका वडा नं. १० मन्थलीस्थित बागमती नदी किनारमा स्थानीयले माछा मार्ने क्रममा शव देखेका हुन्।
बकैया गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछानेका अनुसार फेला परेका शवमध्ये एक महिला र दुई पुरुषको रहेको छ।
Advertisement
मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिल्वालले शव काठमाडौं लैजानका लागि गृह मन्त्रालयसँग समन्वय भइरहेको जानकारी दिए। शव हेलिकप्टरमार्फत काठमाडौं पठाइने उनले बताए।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस








