हेटौंडा —मकवानपुरको बकैया गाउँपालिका-१० मन्थलीमा बाढीपीडितहरुलाई राहत सामग्री वितरण गरिएको छ ।
राप्रपा मकवानपुर जिल्ला कार्यसमितिले भाँडाकुँडा, त्रिपाल, म्याट, बालबालिकाका लागि कपडा, पानी जार, विद्यार्थीहरुलाई झोलालगायतका सामान दिएको हो । उक्त राप्रपा मकवानपुरबाट ८० घर परिवारलाई सामग्री वितरण भएको बकैया गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछानेले बताइन् ।
Advertisement

असोज ११-१२ गतेको बाढीले बकैया गाउँपालिका वडा नम्बर १० मन्थलीमा ८० घर बगाएको छ । उक्त घरहरु भएका स्थानमा खोला बगिरहेको छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस








