हेटौँडा-१ निवासी तथा सुनचाँदी व्यवसायी संघ मकवानपुरका अर्थ लेखा समिति संयोजक रुपकराज बज्राचार्यको ५८ वर्षको उमेरमा निधन भएको छ। दसैंको बिदामा चितवन राष्ट्रिय निकुञ्ज (सौराह) भ्रमणमा रहेका बज्राचार्यलाई मंगलबार बिहान हृदयघात भएको थियो।
सुनचाँदी व्यवसायी संघ बागमती प्रदेश समितिका अध्यक्ष ज्योतिरत्न बज्राचार्यका अनुसार, उपचारका लागि चितवनको एक अस्पतालमा लगिएको भए तापनि मंगलबार दिउँसो नै उहाँको निधन भएको हो।
Advertisement
व्यवसायिक क्षेत्रमा मात्र नभई विभिन्न सामाजिक संघसंस्थामा समेत सक्रिय रहेका बज्राचार्यको पार्थिव शरीरलाई बुधबार (आज)दिउँसो हेटौँडाको राप्तीतटमा अन्त्येष्टि गरिएको जानकारी दिएका छन्।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस








