मकवानपुर जिल्ला प्रहरी कार्यालयले हेटौंडा-काठमाडौं सडकखण्ड तीन दिनका लागि बन्द हुने जानकारी दिएको छ। इन्द्रसरोवर गाउँपालिका वडा नम्बर २ स्थित सिमखोलामा बाटो मर्मत तथा हेम पाइप जडान कार्यका कारण यातायात अवरुद्ध हुने भएको हो।
यस अवधिमा हेटौंडाबाट कुलेखानी, फाखेल र सिस्नेरी हुँदै काठमाडौं जाने सडक बन्द रहनेछ।
Advertisement
प्रहरीले यात्रुहरूलाई वैकल्पिक मार्ग हेटौंडा-भैंसे-पालुङ हुँदै काठमाडौं जाने र कान्तिलोकपथ राजमार्ग: हेटौंडा-ठिंगन हुँदै काठमाडौं पुग्ने बाटोको प्रयोग गर्न अनुरोध गरिएको छ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस







