हेटौडा – मकवानपुर जिल्ला प्रहरी कार्यालयका अनुसार हेटौडा उपमहानगरपालिका-२ स्थित पल्पसा प्याराडाइज होटलको कोठामा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन्।
मृतक काठमाडौं महानगरपालिका-७ चाबहिल निवासी ४७ वर्षीय अजय मानन्धर रहेका छन्। उनी गत असोज २७ गतेदेखि होटलको तेस्रो तल्लाको ४०५ नम्बर कोठामा बसिरहेका थिए।
Advertisement
कार्तिक २ गते दिउँसो करिब ४ बजे मानन्धरका साथीहरूले फोन गर्दा नउठेपछि होटलमा गई हेर्दा उनी मृत अवस्थामा फेला परेका थिए। घटनाबारे जानकारी पाउनासाथ प्रहरी टोली घटनास्थल पुगेको थियो।
प्रारम्भिक अनुसन्धानबाट मानन्धर मामाघर आएको र पहिले पनि हेटौडा आउँदा सोही होटलमा बस्ने गरेको खुलेको छ। मृतकको शव हेटौडा अस्पतालको शवगृहमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस







