हेटौंडा र काठमाडौंलाई जोड्ने हेटौंडा-कुलेखानी-फाखेल-सिस्नेरी-काठमाडौं सडक खण्डमा दुईतर्फी यातायात सुचारु भएको छ।
मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्याम अर्यालका अनुसार, इन्द्रसरोवर गाउँपालिका-२ सिमखोलामा ह्युमपाइप राखेर सडक मर्मत गरिएपछि यातायात पूर्णरूपमा सञ्चालनमा आएको हो।
Advertisement
गत असोज १० देखि १२ गतेसम्म परेको अविरल वर्षाका कारण आएको बाढी र पहिरोले सडक क्षतिग्रस्त भएको थियो। तत्काल मर्मत गरी असोज २० गतेदेखि यातायात सुचारु गरिएको थियो। तर ह्युमपाइप राख्नुपर्ने भएकाले कात्तिक २ गतेदेखि एकतर्फी मात्र बाटो खुलाइएको थियो।
अहिले सडकको मर्मत कार्य सम्पन्न भएपछि दुवैतर्फ सवारी साधन सञ्चालनमा आएको प्रहरी नायब उपरीक्षक अर्यालले जानकारी दिए। यो सडक खण्ड हेटौंडा र काठमाडौं बीचको महत्त्वपूर्ण यातायात मार्ग हो।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस







