गत असोजको बाढीपहिरोबाट प्रभावित मकवानपुर र काभ्रेका २२ घरपरिवारले घर पुनर्निर्माणका लागि जस्तापाता सहयोग प्राप्त गरेका छन्। न्युयोर्कस्थित नेपाली चेली समाज चाँदनी क्रियसन एनवाईसीले मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-३ र काभ्रेको चौरीदेउराली गाउँपालिका वडा नं. ७ र ९ का पीडित परिवारलाई यो सहयोग गरेको हो।
संस्थाले थप ७५ प्रभावित परिवारलाई कम्बल, लत्ताकपडा र खाद्यान्न पनि वितरण गरेको छ। राहत सामग्री वितरण इन्द्रसरोवरमा शनिबार र चौरीदेउरालीमा सोमबार गरिएको थियो।
Advertisement
संस्थाकी कार्यकारी निर्देशक चाँदनी योन्जन लामाले व्यक्तिगत योगदान, आफन्तजनको सहयोग र तामाङ समाजको सहकार्यमा राहत सामग्री जुटाउनुभएको थियो। सामग्री वितरण कार्यक्रममा कार्यकारी निर्देशक लामासँगै जिल्ला बचत सहकारी संघकी कोषाध्यक्ष तथा समाजसेवी विष्णु लामाको पनि सहभागिता रहेको थियो।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस







