बारा प्रहरीले पथलैयाबाट हेटौँडातर्फ जाँदै गरेका दुई जनालाई १४ केजी अवैध चाँदीसहित पक्राउ गरेको छ। शुक्रबार बिहान जीतपुर सिमरा उप–महानगरपालिका–२१, अमलेखगंजमा गरिएको सुरक्षाजाँचका क्रममा उनीहरूलाई पक्राउ गरिएको हो।
पक्राउ पर्नेहरूमा बाराको प्रसौनी गाँउपालिका–६, प्रस्टोकाका ३३ वर्षीय सन्तोष साह सोनार र जीतपुर सिमरा उपमहानगरपालिका–८, गमरगावाटोलका २७ वर्षीय सुरेश महतो रहेका छन्। प्रहरीका अनुसार सोनारको साथबाट ९ केजी र महतोको साथबाट ५ केजी चाँदी बरामद गरिएको छ।
Advertisement
बरामद चाँदीको मूल्य २५ लाख ४ हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ। दुवै जना छुट्टाछुट्टै मोटरसाइकलमा सवार थिए। सोनार ना ५२ प २५८४ नम्बरको र महतो ना ५५ प ३९३२ नम्बरको मोटरसाइकलमा यात्रा गरिरहेका थिए।
प्रहरीले अवैध चाँदीसहित पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान गरिरहेको जनाएको छ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस