मकवानपुर प्रहरीले ठूलो परिमाणमा लागुऔषधसहित दुई जना युवालाई नियन्त्रणमा लिएको छ। प्रहरी चौकी रातोमाटेबाट खटिएको टोलीले हेटौंडा-१५ पिपलबोटस्थित पूर्व-पश्चिम राजमार्गमा गरेको चेकजाँचका क्रममा उनीहरूलाई पक्राउ गरेको हो।
पथलैयाबाट हेटौंडातर्फ आउँदै गरेको बा ५४ प ६५९८ नम्बरको स्कुटरमा शंकास्पद गतिविधि देखिएपछि प्रहरीले चेकजाँच गर्दा स्कुटरको फल्स बटममा लुकाएर ल्याइएको फेनार्गन २००, नुफिन २०० र डाइजेपाम २०० एम्पुल बरामद गरेको छ।
Advertisement
पक्राउ पर्नेमा इलाम एकथापा गाउँपालिका-६ का ३५ वर्षीय दिपेश श्रेष्ठ र पर्साको पोखरीया नगरपालिका-६ का २४ वर्षीय लालबाबु पासवान रहेका छन्। उनीहरूलाई मकवानपुर जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस