मकवानपुर जिल्लाको मनहरी गाउँपालिकामा स्थित चैनपुर जेसीज मनहरीले आफ्नो वार्षिक जेसीज सप्ताह कार्यक्रम सुरु गरेको छ।
सोमबार मनहरी वडा नम्बर ७ को मनहरी बजारमा रक्तदान कार्यक्रमबाट जेसीज सप्ताह सुरु गरेको हो। इन्चार्ज अभिनास मल्लको संयोजकत्वमा भएको यस कार्यक्रममा २५ जनाले रक्तदान गरेका छन्। मनहरी गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष ठाकुरराम तितुङले कार्यक्रमको उद्घाटन गरेका थिए।
यसैगरी, मङ्गलबार स्टेशनरी सामग्री वितरण, बुधबार स्लो मोटरसाइकल प्रतियोगिता, बिहीबार लागूपदार्थ दुर्व्यसन सम्बन्धी सचेतना कार्यक्रम, शुक्रबार ‘समाजका लागि युवा’ विषयमा वक्तृत्वकला प्रतियोगिता र शनिबार जेसीज दौड प्रतियोगिता हुनेछन्।
कार्यक्रममा चैनपुर जेसीज मनहरीका संस्थापक अध्यक्ष गणेशदर्पण अधिकारी, सल्लाहकारद्वय ज्योतिराज लुइँटेल र बिदुर थापा, रेडक्रस सोसाइटी मनहरी उपशाखा कोषाध्यक्ष शिवकुमार काशी, उद्योग वाणिज्य संघ मनहरीका निवर्तमान अध्यक्ष नारायण सुवेदी, कुखुरा व्यवसायी संघ मकवानपुर उपाध्यक्ष गोविन्द सापकोटा सहभागी भएका थिए।








