मकवानपुरको रातोमाटे चेकपोइन्टमा प्रहरीले ३१ किलो १२० ग्राम लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। प्रहरी चौकी रातोमाटेबाट खटिएको टोलीले बिहान करिब ६:१० बजे पूर्व-पश्चिम लोकमार्गमा जाँच गर्ने क्रममा मनहरीबाट पथलैयातर्फ जाँदै गरेको ना १ ह ८३२४ नम्बरको अटोमा लुकाइछिपाइ राखिएको अवस्थामा उक्त गाँजा फेला पारेको हो।

पक्राउ पर्नेमा अटो चालक मकवानपुरको मनहरी गाउँपालिका-७ पेन्चे निवासी ३३ वर्षीय शंकर स्याङतान र सोही ठाउँका ४० वर्षीय रामशरण प्रजा रहेका छन्। शंकास्पद देखिएपछि प्रहरीले उनीहरूको शरीर र अटोको खानतलासी गर्दा गाँजा फेला पारेको थियो।
Advertisement
प्रहरीले पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिई अटोसहित थप अनुसन्धान गरिरहेको जनाएको छ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस








