नेपाल प्रिमियर लिग (एनपिएल) को टोली जनकपुर बोल्टस र हेटौँडा स्कूल अफ म्यानेजमेन्ट बीच शैक्षिक पार्टनरशिप सम्झौता सम्पन्न भएको छ। बुधबार भएको कार्यक्रममा जनकपुर बोल्ट्सका महाप्रबन्धक निरज खतिवडा र म्यानेजमेन्टका प्रिन्सीपल पुरनबहादुर जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।
म्यानेजमेन्टले खेलाडी अनिल साहलाई आफ्नो ब्रान्ड एम्बेसेडर नियुक्त गरेको छ। साहले म्यानेजमेन्टको पूर्व विद्यार्थी भएको र मकवानपुर जिल्लाबाटै व्यवसायिक क्रिकेटको सुरुवात गरेको बताए।
Advertisement
प्रिन्सीपल जोशीले एनपिएल मार्फत नेपाली क्रिकेटले नयाँ उचाई प्राप्त गर्ने विश्वास व्यक्त गरे। क्यानको आयोजनामा हुने यस प्रतियोगितामा ८ टोलीको सहभागिता रहनेछ र मंसिर १५ देखि पुस ६ गतेसम्म सञ्चालन हुनेछ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस








