आज (बुधबार) बिहान साढे १० बजेको समयमा मकवानपुरको बकैया गाउँपालिका-५ स्थित धरान-चतरा सडक खण्डमा एक बस दुर्घटनाग्रस्त भएको छ।
Advertisement
हेटौडाबाट चितवन तर्फ जाँदै गरेको बा ५ ख ६६५३ नम्बरको बस अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खोला÷खोल्सामा खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता श्यामु अर्यालले जानकारी दिएका छन्।
घटनापछि स्थानीय बासिन्दा र प्रहरीले संयुक्त रूपमा दुर्घटनामा फसेका यात्रुहरूलाई उद्दार गरेका थिए। उद्धार प्रक्रियामा कुल २२ जना घाइतेहरूलाई हेटौडा सहकारी अस्पतालमा उपचारका लागि पठाइएको प्रवक्ता अर्यालले जानकारी दिए।
बस दुर्घटनास्थलमा पुगेको प्रहरी टोलीले बसका चालक टिकाराम लामालाई नियन्त्रणमा लिएको छ। चालकको प्रारम्भिक बयान अनुसार बसमा कुल ३७ जना यात्रु सवार रहेका थिए।
हाल सबै घाइतेहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस