मकवानपुर गढी गाउँपालिका र ईस्थर बेन्जामिन स्मृति संस्थाको संयुक्त आयोजनामा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत आज खुल्ला कविता बाचन प्रतियोगिता सम्पन्न भएको छ।
गाउँपालिकाको सभा हलमा आयोजित कार्यक्रममा ९ देखि १२ कक्षाका ३१ छात्राहरूले भाग लिएका थिए।
कार्यक्रममा महिला तथा बालबालिका शाखा प्रमुख सावित्री सापकोटाले कार्यक्रम सञ्चालन गरिन् भने सामाजिक विकास शाखा प्रमुख शुर्य बहादुर गुरुङले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो। प्रतियोगितामा प्रथम रजनी अधिकारी , द्वितीय अर्चना लामा द्वितीय र तृतीय प्रतिभा हुमागाईलाई क्रमश १० हजार ७ हजार र ५ हजार पुरस्कार प्रदान गरिएको थियो। विजेताहरूलाई ईस्थर बेन्जामिन स्मृति संस्था र गाउँपालिकाको सहकार्यमा पुरस्कार प्रदान गरिएको छ ।
कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष दोर्जे लामा, विशेष अतिथि प्रमुख प्रशासकीय अधिकृत सुदन लामिछाने र ईस्थर बेन्जामिन संस्थाका जिल्ला कार्यक्रम व्यवस्थापक बुद्ध लामाको उपस्थितमा भएको थियो।