आज शुक्रबार बिहान ०८:१५ बजे मकवानपुर जिल्लाको बकैया गाउँपालिका-५ झाक्रीडाँडा नजिकको निर्माणाधीन तराई-काठमाण्डौ द्रुतमार्ग (फास्ट ट्रयाक) खण्डमा एक टिप्पर दुर्घटनामा परेको छ।
स्थानीय प्रहरी अनुसार, हात्तिसुडेबाट ग्रावेल लोड लिएर जाँदै गरेको ना८ख २४३० नम्बरको ट्रिपर अनियन्त्रित भई सडकबाट अं. २५/३० मिटर तल खोल्सामा खसेको थियो। दुर्घटनामा ट्रिपरको चालक सोही ट्रिपरले च्यापिएर घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता श्यामु अर्यालले जानकारी दिएका छन्।
Advertisement
प्रारम्भिक विवरणअनुसार, चालक चितवन घर भएको अं. ४०/४२ वर्षीय सानु लो तामाङ रहेको प्रहरीले बताएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस