मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१९ बस्तिपुरस्थित पूर्व-पश्चिम सडकखण्डमा अटो दुर्घटनामा पैदलयात्रीको मृत्यु भएको छ।
Advertisement
बस्तिपुरबाट मनहरीतर्फ जाँदै गरेको बा.प्र.०३-००१ ह ०२५१ नम्बरको अटोले मकवानपुर, मनहरी गाउँपालिका-३ सुकौरा निवासी ४२ वर्षीय मनोज लामालाई ठक्कर दिएको थियो। ठक्करबाट गम्भीर घाइते भएका लामालाई अटो चालक प्रेम बहादुर सिंहतान (४२), मनहरी गाउँपालिका-७, रमनटार निवासी, हेटौंडा अस्पतालमा उपचारका लागि लगेका थिए।
घाइते लामाको उपचारका क्रममा राति २३:१० बजे अस्पतालका डाक्टरले मृत घोषणा गरेका छन्। अटो र अटो चालक हाल जिल्ला प्रहरी कार्यालय मकवानपुरको नियन्त्रणमा रहेको छ। शव हेटौंडा अस्पतालमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस








